देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झण्डै २ तिहाईको सर्मथनमा दाहाल प्रधानमन्त्री बन्दै

देशान्तर

काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि  आज व्यवस्थापिका–संसद् चुनाव हुँदै छ । प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एक्लो उमेदवारी परेपनि संविधान अनुसार बहुमत सांसदहरुको सर्मथन जुटाउनुपर्ने  भएकाले संसदमा उमेदवारको पक्ष र विपक्षमा मतदान हुने छ । संविधानको धारा २९८ को उपधारा ३ अनुसार संसदमा बुधबार बिहान ११ बजे संसदको बैठक बोलाइएको छ ।

व्यवस्थापिका–संसद् नियमावलीको नियम ४९ को उपनियम ४ अनुसार प्रधानमन्त्रीका एक्ला उम्मेदवार दाहालले आफ्नो उम्मेदवारीको सूचना संसद् बैठकमा प्रस्तुत गर्नेछन् । प्रस्तावक र समर्थक सदस्यले समर्थन गर्नेछन् । प्रस्तावक र समर्थकले बोलेपछि सभामुखबाट निर्णयार्थ प्रस्तुत हुनेछ । सभामुखले उम्मेदवारको पक्ष र विपक्षका सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी)मा प्रवेश गराएर मत विभाजन हुनेछ ।

मत विभाजन गर्दा संसदमा तत्काल कायम सदस्य संख्याको बहुमत दुई सय ९८ मत ल्याउनुपर्ने हुन्छ । दाहालको प्रस्तावक र समर्थक दलको सदस्य संख्या गणना गर्दा पनि उनी प्रस्ट बहुमतमा छन् । मत विभाजनपछि सभामुखबाट मत परिणामसँग प्रधानमन्त्री निर्वाचित भएको घोषणा हुनेछ ।

 

]]>