देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित

देशान्तर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित भएका छन् ।

व्यवस्थापिका–संसद्मा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उनी मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भएका हुन् ।

संसद्मा उपस्थित ५७३ मतदातामध्ये ३६३ जनाले नेता दाहालका पक्षमा र २१० जनाले विपक्षमा मतदान गरेका थिए ।

संसद्मा तत्काल कायम रहेको ५९५ सांसद सङ्ख्यामध्ये ३६३ नेता दाहालको पक्षमा रहेका र त्यो बहुमत भएको घोषणा गर्दै सभामुख ओन्सरी घर्तीले नेता दाहाल बहुमतले प्रधानमन्त्री निर्वाचित भएको जानकारी दिइन् ।

यसअघि बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा उनले आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गरेका थिए । संसद्को अर्को बैठक साउन २४ गते सोमबार ११ बजे बस्ने छ ।

 

]]>