देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामान्य अङ्कले बढ्यो शेयर बजार

देशान्तर

काठमाडौँ । धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । सोमबार थामिएको शेयर बजार सामान्य अङ्कले मात्रै वृद्धि भएको हो । शेयर कारोवार मापक नेप्से परिसूचक २ दशमलब ४१ बिन्दुले बढेर एक हजार २५८ दशमलब ८१ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब १६ बिन्दुले बढेर २६६ दशमलब ६० बिन्दुमा पुगेको छ । सामान्य बिन्दुले बढेको बजारमा कारोवार रकममा भने आइतबार र सोमबारको तुलनामा घटेको छ । कूल १६९ कम्पनीको १५ लाख ४४ हजार २५७ कित्ता शेयर रू ४५ करोड ८६ लाख ९५ हजार ९१७ मूल्यमा खरीद बिक्री भएको छ ।

बैङ्किङ २ दशमलब १३, होटल २५ दशमलब ९३ र फाइनान्स उपसमूहको १ दशमलब ८५ बिन्दुले घट्दा विकास बैंक १ दशमलब ७१, जलविद्युत् ४२ दशमलब १२, निर्जीवन बीमा ४२ दशमलब १२, उत्पादन ८ दशमलब १२, अन्य २ दशमलब ४२, माइक्रो फाइनान्स ९ दशमलब ४५ र जीवन बीमा १९ दशमलब ६१ बिन्दुले बढेको छ ।