देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेस युनियन काठमाडौँ शाखाको अधिवेशन असोज दोस्रो साता

देशान्तर

काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ । शाखा कार्यसमितिको आज भृकुटीमण्डपमा बसेको बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको हो । युनियनले भदौ १५ गतेसम्म सबै नयाँ सदस्यले आवेदन दिइसक्नुपर्ने तथा भदौ १८ गतेसम्म पुरानो सदस्यता नवीकरण गर्नुपर्ने निर्णयसमेत गरेको छ ।

युनियनले सिफारिश छानबिनका लागि शाखाका सचिव महेश्वर गौतमको संयोजकत्वमा अच्युत रेग्मी, अक्कल कुँवर, खगेन्द्र भण्डारी र लक्ष्मी सापकोटा सदस्य रहेको समिति गठन गरेको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालको संयोजकत्वमा १०१ सदस्यीय अधिवेशन मूल समारोह समिति गठन गरेको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिको साउनमा बसेको बैठकले जिल्ला शाखाको अधिवेशन भदौ २१ देखि असोज १० गतेसम्म गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिले प्रदेश समितिको अधिवेशन आगामी मङ्सिर १ गते तथा केन्द्रीय समितिको अधिवेशन मङ्सिर २८ र २९ गते गर्ने निर्णय गरेको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।