देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चारवर्षदेखि अर्धमुच्र्छित कांग्रेसको इतिहास

देशान्तर

खिला कार्की 
काठमाडौं । नेपाली कांग्रेसका थोरै नेतामध्येमा कांग्रेस इतिहासका बारेमा जानकारी राख्दथे । तिनै नेतामध्येमा पर्ने गर्दथे कांग्रेस नेतृ शैलजा आचार्य र चक्र बाास्तोला । तर अप्रत्याशित अवस्थामा यी दुवै जना अस्वस्थ्य बने । अहिले शैलजा आचार्यको त निधन भइसकेको छ । तर नेपाली कांग्रेसको सिंगो इतिहासका जानकार मात्र नभएर माओवादीको हिंसात्मक युद्धको अवतरणका सुत्रधार समेत रहेका चक्र बास्तोला पनि चार वर्षदेखि अर्धमुच्र्छित अवस्थामा खुमलटार हाइटमा रहेको निवासको तल्लो तलामा छन् । संयोग पनि भन्न पर्छ, नेपाली कांग्रेसको सिंगो इतिहासका यी दुई जानकार आचार्य र बास्तोला नातेदार पनि हुन । आजीवन अविवाहित आचार्यकी बहिनी कुसुमका पति हुन चक्र । शैलजाले तिनै कुसुमका छोरीलाई छोरी मानेकी थिइन् । 

तर द:ुख नियति त्यति लामो कांग्रेसको इतिहासका प्रत्यक्षदर्शी यी दुवै पात्रमध्ये शैलजा जीवनको अन्तिम समयमा बोल्न नसकिकन जीवनलीला त्यागिन भने बाास्तोला पनि चारवर्षदेखि बोल्न नसक्ने अवस्थामा छन् । ०६९ साल पुस १४ गते विराटनगरको विराट चोकमा भएको बास्तोला बन्धुको भेलामा सहभागी हुनेक्रममा मष्तिस्कघात भएका बास्तोलालाई दिल्लीको मेदान्त अस्पताल, बाँसबारीको न्यूरो अस्पतालले पनि पूर्ववत अवस्थामा ल्याउन सकेनन् । 

कुनै समय नेपाली कांग्रेसको खम्बा अझ भएर वीपीदेखि जीपी कोइरालाई साथ दिएका बास्तोला अहिले ७३ वर्ष पुगेको बास्तोला । त्यही भएर मुलुक माओवादीको हिंसात्मक द्वन्द्वले आक्रान्त भएका बेलामा उनी माओवादीलाई राजनीतिको मूलधारमा ल्याउनका लागि प्रयत्न गरे । र १२ बुँदै हुँदै माओवादी शान्तिपूर्ण राजनीतिमा सहभागी भए । त्यही माओवादी नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधि शनिबार बास्तोलाई भेट्न उनको निवास खुमलटार हाइटमा पुगे । बास्तोला हेर्दा अवस्था असाध्यै नर्मल जस्तो देखिन्छ । आँखाको इशाराले बोल्न खोजेजस्तो पनि गर्दछन तर बोली आउँदैन उठ्न सक्दैनन् ।  बास्तोलालाई भेट्न पुगेका निधिले बोलाए ‘चक्रदाई म विमलेन्द्र निधि’ । निधिले यसो भनिरहँदा उनले मुख चलाए तर बोल्न सकेनन् । निधिले भनेका धेरै कुरा बास्तोलाले बुझेजस्तो भाव देखाए तर आवाज निकाल्न खोजेजस्तो गरे तर सकेनन । निधिले सम्झाउन खोजे ‘तपाईंले १२ बुँदे सहमति गराएका कारण आज संविधान आएको छ । तपाईं यो हेर्न सक्नुपर्छ, बुझ्न सक्नुपर्छ’ । तर उनले आँखाको इशाराभन्दा अरू केही गर्न सकेनन् । निधि बिदा हुने बेलामा बास्तोलाले नमिठो जस्तो भाव देखाए । निधिले पनि मन थाम्न सकेनन् । 

खरो बोल्ने चक्रले गुटबन्दी र स्वार्थले घेरिएको कांग्रेसमा आफू स्थापित हुने नाममा कहिल्यै पनि नेताको दौराको फेरो समाएनन् । कांग्रेसले चलाएको सशस्त्र क्रान्तिका बेलामा हतियार संकलनदेखि प्लेन अपहरणसम्मको अभियान सहभागी एउटा सिंगो इतिहासको सहारा बनेकी छन् अहिले पत्नी कुसुम । उनले सुनाइन ‘हरेक बिहान फिजियोथेरापी गराउने गरेको छु । त्यो बेलामा खुब आङ तन्काउनुहुन्छ । सधैं ब्रस गरिदिन्छु अनि नौ बजे बिहान घर बाहिर लगेर घामा राख्ने गरेकी छु ।’ 

बास्तोलाको हेरचाहका लागि आलोपालो गरेर हरेक ६ दिनमा एक जना नर्स पनि राखिएको छ । घाँटीमा लाएको पाइप हरेक चार–चार दिनमा फेर्नुपर्छ । त्यो सबै खर्च कुसुम आफैंले गर्ने गरेकी छन् । यो सबै गर्दा झण्डै मासिक दुई लाख नियमित हेरचाहका लागि लाग्ने गरेको छ । लगातार चार वर्षसम्म अनवरत बिहानदेखि रातिसम्म अहोरात्र चक्रको सेवामा खटिएकी कुसुमलाई अहिले नियमित सरसफाइ गर्दा, खाना खुवाउँदा देखाउने अस्वभाविक गतिविधिले उनलाई अहिले स्वभाविक लाग्न थालेको छ । 

मान्छेको नियति कुनैबेलामा प्लेन अपहरण गर्ने बास्तोलाई अहिले दिनको सात/आठपटक खाना खुवाउनुपर्छ । बिहान ५ बजे प्रोटिन मिक्स दूध, साढे ७ बजे ओटमिल खुवाउनुपर्छ । तर मुखले खान सक्दैनन्, पाइपबाट खुवाउनुपर्छ । सबै खालका खाना ठोस होइन, लिक्युइड बनाएर मात्र पाइपबाट खुवाउनुपर्छ । तर धेरै खुवाउन हुन्न । एकपटकमा चार सय एमएल खुवाउनुपर्छ । शरीरमा रगत जम्न नदिन र शक्ति फ्लो गर्नका ओछ्यानमा सद्दे मान्छेले ओल्टी पल्टी गर्ने जतिकै उनलाई पनि फर्काउने गरेको कुसुमले बताइन् । २० दिनदेखि एक महिनाभित्र युरिन ब्याग, नलीसहितको सेट फेर्नुपर्छ । तर, ब्यागमात्रै तीनचार दिनमा पनि फेरिन्छ । यसबाहेक नियमित सरसफाइ, कफ, निकाल्नेसहितका काममा कुसुम र सहयोगी खटिन्छन् । 

 

]]>