देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशी लगानी : प्रतिबद्धता दुई खर्ब, लगानी ५५ अर्ब

देशान्तर

काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताले प्रतिबद्धता गरेभन्दा एकचौथाइ मात्रै लगानी गर्ने गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार हालसम्म ५५ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ। तर, उद्योग विभागमा उद्योग दर्ता गराउँदै विदेशी लगानीकर्ताले नेपालमा २ खर्ब २१ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। विदेशी लगानीकर्ताले प्रतिबद्धताअनुसार लगानी नगरेको राष्ट्र बैंकको तथ्यांक छ।

नेपालमा अनुकूल राजनीतिक तथा आर्थिक वातावरण नभएका कारण प्रतिबद्धताअनुसार लगानी नआएको हुन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाको अनुमान छ। यद्यपि, सिमेण्ट, जलविद्युत्, होटेललगायत क्षेत्रमा भने पछिल्लो समय विदेशी लगानी भित्रिने क्रम बढेको उनले बताए। उद्योग विभागमा ४ हजार उद्योग दर्ता छन्। तर, लगानी ल्याउने २ सय ५२ उद्योग मात्रै छन्। उनीहरुले नै चुक्ता पुँजीका रूपमा सो परिमाणको लगानी नेपाल भित्राएका हुन्। तर, उद्योग विभागका अनुसार हालसम्म नेपालमा विदेशी लगानी रहेका ४ हजार १ सय ९८ वटा उद्योग दर्ता भएका छन्। ९१ अर्ब रिजर्भमा विदेशी लगानीका कम्पनीको रिजर्भ ९१ अर्ब रुपैयाँ रहेको छ।

विदेशी कम्पनीले नेपालमा आर्जन गरेको रकम नै रिभर्ज रकम हो। यस्तो रकम उनीहरूले जुनसुकै वेला आफ्नो मुलुकमा लैजान सक्छन्। आर्थिक वातावरण राम्रो बनाएर आकर्षण गरिए विदेशी लगानीकर्ताले यो रकम नेपालमा पुनः लगानी गर्नसक्ने थापाले बताए। कुल १४ खर्ब १२ अर्ब लगानी उद्योग विभागकाअनुसार शुरुदेखि हालसम्म नेपालमा स्वदेशी लगानीका ७ हजार २ सय ७ ओटा उद्योग दर्ता भएका छन्।

यसरी दर्ता भएका उद्योगमा कुल १४ खर्ब १२ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ। हाल नेपालमा कति उद्योग सञ्चालनमा छन् र कुल लगानी कति पुगेको छ भन्ने अद्यावधिक तथ्यांक छैन। केन्द्रीय तथ्यांक विभागले ०६९ असारमा सर्वाजनिक गरेको १० औं औद्योगिक गणनाले मुलुकमा ४ हजार ७६ उद्योग रहेको देखाएको थियो। आर्थिक वर्ष ०७३९७४ सम्ममा उद्योग क्षेत्रमा ६ खर्ब ३७ अर्ब १८ करोड कर्जा प्रवाह भइसकेको छ। आर्थिक वर्ष ०७३÷७४ औद्योगिक क्षेत्रको वृद्धिदर १०.९ प्रतिशत रह्यो। आर्थिक वर्ष २०७३÷७४ सम्ममा उद्योगको क्षमता उपयोग ५७.३ प्रतिशत पुगेको छ। नयाँ पत्रिकामा समाचार छ ।