देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टी भएमात्र प्रधानमन्त्री भइन्छः दाहाल

देशान्तर

काठमाडौ । माओबादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विहिन प्रधानमन्त्री परिकल्पना अहिलेको संंबिधानले नगरेको बताएका छन ।
पार्टी एकिकरणका लागि एमाले माओबादी रस्साकस्सी चलिरहेको समयमा दाहालले पार्टीको साईज कहिले ठूलो र कहिले सानो भएपनि पार्टी बिहिन प्रधानमन्त्रीको परिकल्पना अहिलेको संबिधानले नगरेको दाहालको भनाईछ ।

दाहालले अहिले भईरहेको निर्वाचन आयोगको ढिलाई प्रति पनि असन्तुष्टि जनाएका छन । पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा दाहालले परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा सहज हुने बताए ।

अध्यक्ष दाहालले कानूनी व्यवस्थाका कारण केही ढिलाइ भएपनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कसैले अवरोध गर्न नहुने बताए ।  पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उनले पार्टी एकता संयोजन समितिको बैठक आफ्नो नियन्त्रणमा नभएको बताए ।

नेपाली काँग्रेसले प्रधानमन्त्रीका लागि आफूलाई प्रस्ताव गरेको विषयमा दाहालले अहिले कांग्रेसका् प्रस्ताव भन्दा पनि गठबन्धनको प्रधानमन्त्री बन्ने सोच आफ्नो भएको बताए । पार्टी एकीकरण र शक्ति सन्तुलनका विषयमा दाहालले पार्टी संयोजन समितिमा दुईजना नेता रहने भनिएको छ तर दुई नेताको भूमिका कार्यकारी हुनुपर्छ भन्नेमा विवाद रहेको बताए ।