देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले माओवादी एकतामा खटपट, ओली र दाहालबिच आज पनि वार्ता नहुने

देशान्तर

काठमाडौँ  । एमाले माओबादी पार्टी एकताका बिषयमा दुबै दलका नेताहरुबीच तिब्र असन्तुष्टि देखिएको छ । पार्टी एकता प्रक्रियाले अपेक्षाकृत गति लिन नसकिरहेका बेला एमालेभित्र दोस्रो पुस्ताका नेताहरुले सार्वजनिक रुपमै एकता बिपरित बहश सुरु गरेपछि असन्तुष्टि बढेको हो ।

नेताहरुको असन्तुष्टिले पार्टी एकतामै प्रश्न उठ्न थालेको छ । पार्टी एकता र नेताहरुको पद व्यवस्थापनमा एमाले महासचिव ईश्वर पोखरेल खुलेरै लागेको अवस्थामा अन्य नेताहरुले समेत पोखरेललाई साथ दिन थालेका छन । पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्ने अडान नछाड्ने संकेत दिएका छन् । यता, माओबादीबाट नेता कृष्ण बाहादुर महरा र वर्षमान पुनले प्रमुख पदमा समानान्तर पद नभए एकता असम्भव भएको बताउन थालेका छन् ।

पोखरेलको अडान पछि लच्किएको एमाले र पार्टी अध्यक्ष ओली संगपनि झस्किएको माओवादी नेताहरुले बताएका छन । पार्टी एकताको प्रक्रिया शुरु नहुँदै एमालेभित्र नीतिगत र पदीय विवाद देखिन थालेको छ । एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवै नरहने अवस्थामा मात्र पार्टी एक हुने बताउनुभएको छ । पोखरेल संगै भुसालको अभिव्यक्ति समानान्तर रुपमा आएपछि एमालेमा ठूलै हलचल पैदा भएको छ ।

एमालेभित्र तत्कालीन महासचिव मदन भण्डारीको अवसानपछि उनले प्रतिपादन गरेको नेपाली क्रान्तिको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को ब्याख्या अध्यक्ष ओली, उपाध्यक्ष बामदेव गौतमदेखि शंकर पोखरेलसम्मका नेताहरुले फरक धारण राख्दै आउका छन् । एमालेमा अध्यक्ष ओली पछिको हैसियतमा रहेका माधवकुमार नेपालको धारणा पनि दोस्रो पुस्ताका नेता भन्दा फरक देखिएको छ ।

१५ वर्षसम्म एमालेको नेतृत्वमा रहँदा नेपालले हुर्काएका नेताहरु नै अहिले पार्टी एकताको बिपक्षमा देखिएका छन । पार्टी एकता भए त्यसपछि केपी ओली र दाहालले राजनितिबाट सन्यास लिनुपर्ने धारणा पनि एमालेका दोस्रो पुस्ताका नेताहरुमा सुरु भएको छ ।