काठमाडौं । एमाले संग पार्टी एकताको बिषयमा छलफल गर्न बसेको माओवादी केन्द्रको विस्तारित बैठक बिना निस्कर्ष सकिएको छ । पार्टी एकताका लागि एमालेबाट पद व्यवस्थापनका बिषयमा कुनै जानकारी नआएपछि पार्टी एकता प्रक्रियालाई थप गति दिने भन्दै बैठक सकिएको नेताहरुले बताएका छन ।
आमोबादी अध्यक्ष दाहालले नेताहरुको धारणा लिने भन्दै मंगलबार आफ्नै निवास खुमलटारमा पार्टीको बिस्तारित बैठक डाकेका थिए । बैठकमा अध्यक्ष दाहालले पार्टी एकता प्रक्रिया र सरकार गठनबारे भइरहेको छलफलबारे जानकारी गराए पछि नेताहरुको धारणाबिना नै बैठक सकिएको हो ।
दाहालले एमालेको नेतृत्वसंग छलफल भईरहेको तर, ठोस परिणाम नआएको जानकारी गाराएका थिए । उनले नेतृत्वको पावर शेयरिङ कसरी गर्ने भन्ने बिषयनै टुंगिन नसकेको बताएका छन ।
बैठकपछि नेता मणि थापाले चुनावी घोषणा पत्रका आधारमा बैचारिक राजनीतिक कुरा टुंगो लगाउने गरी बैठक सकिएको देशान्तरलाई बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता पम्फा भुसालले पार्टी एकता र सरकार गठनबारे कुनै समस्या नरहेको र एकताको आश्चर्यजनक नतिजा आउने दाबी गरिन ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति गठन पनि गरेको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।
पार्टी एकता प्रक्रियाबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापाको नेतृत्वमा कार्यदल पनि बनाएको छ ।
प्रतिक्रिया