काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो । बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय गरेको छ । एमाले अध्यक्ष ओलीेको स्वास्थ्यमा आएको समस्याले छलफल लम्बिएको जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले पार्टी एकता र सरकार गठनबारे कुनै समस्या नरहेको बताइन् ।
बैठकले विभिन्न माओवादी धारबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा एक कार्यदल गठन गरेको छ । बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । बैठकले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीको तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया