देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गएरातीदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि

देशान्तर

काठमाडौँ । नेपाल आयल निगमले गएराती १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक/एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ३ बढाइएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०२, डिजेल र मट्टितेल प्रति लिटर रु ७९/७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ९० कायम गरिएको छ ।

भारतीय आयल निगमले सोमवार नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।