काठमाण्डौँ ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले नेपालको औपचारिक पोशाक घोषणा गर्न सरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको पहिचान झल्कने खालको पोशाकलाई औपचारिक पोशाकको रुपमा घोषणा गर्न सरकारसँग माग गर्नु भएको हो । पाँचौं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लोहनीले विभिन्न भाषा र समुदायका मानिसहरुले लगाउँदै आएको पहिरनलाई राष्ट्रिय पोशाकको मान्यता दिन पनि सरकारसँग आग्रह गरे ।
दौरा, सुरुवाल, कोट र टोपीलाई मात्रै राष्ट्रिय पोशाकको मान्यता दिँदा सबै समुदायमाथि न्याय नहुने उनको तर्क छ ।
प्रतिक्रिया