देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्लिकंर अभावमा पर्सा बाराका सिमेन्ट उद्योग संकटमा

देशान्तर

काठमाडौं ।

भारतीय रेल्वेले क्लिकंर ढुवानी बन्द गरेपछि पर्सा बारा करिडोरका सिमेन्ट उद्योग संकटमा परेका छन् । रेल्वेले २२ डिसेम्बर देखि क्लिकंर ढुवानी बन्द गरेको हो ।

रेल्वेले वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाहमा क्ंिलकर लगायत सिमेन्ट उद्योगका अन्य कच्चा पदार्थ ल्याउने तयारी गरेकोमा नेपाल सरकारले सुक्खा बन्दरगाहमा हाललाई क्लिकंर अनलोड गर्न बिमति जनाएपछि करिडोरका १३ सिमेन्ट उद्योगलाई समस्या परेको हो । करिडोरका अधिकांश सिमेन्ट उद्योग यसको कच्चा पदार्थहरु क्लिकंर, कोइला, जिप्सम, स्ल्याग, फ्लाईएस लगायतका बस्तुमा भारतमै निर्भर छ । करिडोरका नेपाल शालिमार सिमेन्ट लगायतका केही उद्योगले थोरै परिमाणमा क्लिकंर उत्पादन गरेपनि यसको कच्चा पदार्थ भारतबाटै ल्याउनु पर्ने बाध्यता छ ।

नारायणी सिमेन्ट उद्योग प्रालिका प्रबन्ध निर्देशक उमेशचन्द्र ठाकुरले कच्चा पदार्थमा भारत माथिको निर्भरता रहर नभई बाध्यता रहेको बताउछन । भारतबाट सहज रुपमा कच्चा पदार्थ आयात हुन नसके करिडोरका सिमेन्ट उद्योग केही दिनमै बन्द हुने उनको भनाई छ ।