देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन आयोगप्रति आक्रामक सुवास नेम्वाङ भन्छन्- ‘उसको कामप्रति मलाई शंका छ’

देशान्तर

दमक । नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने बताएका छन्।

झापाको दमकमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै नेता नेम्वाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको दाबी गरे।

निर्वाचन आयोगप्रति निकै आक्रामक देखिएका उनले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको टिप्पणी गरे। ‘आयोगको कामकारबाहीप्रति शंका जन्मिएको छ, त्यसमा आयोग गम्भीर बनोस्,’ नेता नेम्वाङले भने।

राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्न सक्ने तर्क गर्न खोज्नु जनमतको भावना विपरीत हुने उनको भनाइ थियो। ‘नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर नगर्ने पनि उनले बताए।

इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले वाम गठबन्धनबीचको एकता कसैले रोक्न नसक्ने धारणा राखे।