काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अभियानका क्रममा उम्मेदवारहरुमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन । प्रधानमन्त्री देउवाले निर्वाचनमा खटिएका उम्मेदवारहरुमाथि आक्रमण प्रयास भइरहेकोप्रति घोर निन्दा र भत्सर्ना गर्दै दोषीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका हुन ।
चुनावी प्रचार अभियानका क्रममा आइतवार विहान गृहजिल्ला डडेलधुरामा स्थानीय संचारकर्मीसँग कुराकानी गर्दै देउवाले चुनाव बिरोधी गतिविधि दोेहोरिन नदिने दृढतासमेत व्यक्त गरेका छन ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग तत्काल बैठक बसेर निर्वाचन विरोधी गतिविधि हुन नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाउने वताए । उनले सोमबार काठमाडौं र्फकिएर सुरक्षा परिषदको बैठक राख्ने तयारी गरेका छन ।
प्रधानमन्त्री देउवाको निर्देशनपछि गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा बम विस्फोटका घटना बढ्न थालेपछि मन्त्रालयले प्रहरीलाई यस्तो आदेश दिएको हो । बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिँडेको पाइए सिधै गोली हान्नेसमेत आदेश दिइएको गृहमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया