देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेता रामशरण महतको हत्या प्रयास असफल,कार्यकर्ता सवार गाडी ध्वस्त, चार कार्यकर्ता गम्भिर घाइते

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा नुवाकोटका प्रतिनिधिसभा उम्मेदवार डा रामशरण महतमाथि भएको हत्या प्रयास असफल भएको छ । पुर्ब अर्थमन्त्री समेत रहेका महतलाई लक्षीत गरि प्रहार गरिएको एम्बुस कार्यकर्ता चढेको गाडीमा परेपछि महत सकुशल रहेको हुन ।

ककनी घटना स्थल पुगेका सुरक्षाकर्मीले दिएको जानकारी अनुसार महतलाई मार्ने उदेश्यले राखिएको तर, कार्यकर्ता परेका परेका छन । प्रहरीले एम्बुस सिकारुले तयार गरेका कारण क्षती कम भएको बताएको छ ।

शुक्रबार बिहान करिब १० बजेतिर निर्वाचन प्रचारको लागि हिाडेको नेपाली कााग्रेस नुवाकोट क्षेत्र नं १ को प्रचार टोली चढेको सवारी साधन एम्वुसमा परेको हो ।

ककनी गाउापालिका वडा नम्वर ५ को सिकारीचौरमा वा १६ च ६६५ नम्वरको गाडीमा गराइएको एम्बुस विष्फोटमा परी चार जना घाइते भएका छन् ।

विद्यार्थी नेता उपेन्ऽ मिश्र र सविन लामा सहित ४ जना घाईते भएको कााग्रस नेता एवं प्रदेश २ का उमेदवार रमेशकुमार महतले जानकारी दिए ।

क्षेत्र नम्वर १ का उमेदवार डा रामशरण महत र प्रदेशसभा उमेदवार रमेश महतसहितको प्रचार टोली ककनीवाट चतुरालेको कार्यक्रममा सहभागी हुन जाादै गर्दा एम्बुस विष्फोट गराइएको हो ।

१ नं क्षेत्रमा कााग्रेसको बढ्दो प्रभाववाट आत्तिएर कााग्रेसका उमेदवारहरुलाई नै लक्ष्यित गरी एम्वुस विष्फोट गराईएको आशंका कााग्रेसले गरेको छ ।

घटना लगत्तै ककनी प्रहरी चौकीवाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङको कमाण्डमा ३५ जना प्रहरी घटनास्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालयका प्रमुख विरेन्ऽकुमार वस्यालको टोली त्यसतर्फ गएको र स्थानिय गाउामा आक्रम कारीको खजि गरिरहेको छ ।

पछिल्लो समय माओवादीको पकड क्षेत्र मानिएको ककनी कांग्रेसको पक्षमा जाादै गरेपछि एम्बुस थापिएको बताइन्छ ।

एम्बुस आक्रमण कसले गरेको भन्ने यकिन नभए पनि माओवादीकै हात रहेको कांग्रेसले आरोप लगाएको छ ।