देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोलखामा कांग्रेस नेताकार्यकर्तालाई हतियारधारीको धम्की, स्थानीय त्रसित

देशान्तर

दोलखा ।  जिल्लाका गाउँहरुमा साना हहतियार भित्रिन थालेको भन्दै दोलखा कांग्रेसले बिहिबार स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
चुनावी अभियानका क्रममा गाउँमा खटिएका आफ्ना नेता कायकर्तामाथि हतियार देखाएर त्रसित बनाउने र गोली चलाउने धम्की आउन थालेपछि बिहीबार दोलखा कांग्रेसका नेता कार्यकर्ताको टोलीले प्रमुख जिल्ला अधिकारी लक्ष्मढा विक्रम थापाको ध्यानाकर्षण गराएको हो ।

थापालाई भेटेर साना हतियार नियन्त्रण गर्न र गाउँमा शान्ति सुरक्षा कायम गर्न जिल्ला कांग्रेसले आग्रह गरेको छ । चुनाव केन्द्रित सुरक्षा तयारीमा दोलखा प्रह्रीले संवेदनशिलता नदेखाएको आरोप समेत कांग्रेसले लगाएको छ ।

चुनावी अभियानका बैठक सकेर सोमवार राती जिल्लाको गैरीमुदी गाउँस्थित गोलाइ नजिक एक कार्यकर्ताको घरमा बास बसेका जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवं पूर्व जिल्ला पार्टी सभापति उद्धवराज काफ्लेको टोलीमाथि दुईओटा मोटरसाईकमा आएका चार युवाले बन्दुक देखाएर त्रास सिर्जना गर्न खोजेको कांग्रेसले बताएको छ । काफ्लेका अनुसार आफूसहित कार्यकर्ता बसेको घर वरिपरी तीन पटकसम्म ओहोरदोहोर गर्दै हरियार देखाएर ती युवा बाटो लागेका थिए ।

लगत्तै जिल्ला प्रहरी प्रमुखलाई टेलिफोन गरेको, उनले गम्भितापूर्वक चासो नै लिएनन्, भोली छलफल गरौँला भनेर बिचैमा फोन काटिदिए, उनले भने ।
यस्तै तरुण दलका जिल्ला उपाध्यक्ष चित्रबहादुर तामाङलाई गाउँमा भोट हाल्न आए गोली चलाउने धम्की आएको कांग्रेस जिल्ला सचिव सन्तोष रिमालले बताए ।

गौरीशंकर गाउँपालिकाको चंखु घर भई सदरमुकाम बस्दै आईरहेको छ, उनले भने, कार्यकर्तालाई हतियार र गोलीको धम्की दिन थालिएका कारण गाउँमा चुनाव प्रभव पार्न र डर त्रास देखाउन साना हतियार भित्रिन थालेकाले प्रशासनको ध्यानाकर्षण गराएका हौँ ।

दोलखा कांग्रेसले बामपन्थी उम्मेदवारले चुनाव प्रचारका क्रममा गुण्डा प्रयोग गरेर भड्किलो सवारी चलाई गाउँमा मतदातालाई आतंकित बनाउन खोजेको आरोपसमेत लगाएको छ ।

दोलखाका कांगे्रस तो एवं नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले वामपन्थी गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङसँग लस्कर लागेर हिड्ने आदा दर्जन भन्दाबढी गाडीमा शंकास्पद युवा हिडिरहेको आरोप लगाए । प्रशासनले हतियार नियन्त्रण नगरे र शान्ति सुरक्षा कायम नगरे कम्युनिष्ट गठबन्धनको प्रतिरोधमा उत्रने काफ्लले चेतावनी दिए ।

कडाई गर्दैछौं

प्रमुख जिल्ला अधिकारी थापाले चुनावमा साना हतियार भित्रिन नदिन चेकजाँच र निगरानीलाई कडाई गरिएको बताए ।
यो जिल्लामा आफैंमा ति संवेदनशील सूचीमा रहेकाले केन्द्रीयस्तरबाट खटिएर आउने र जिल्ला तहबाटै गरेर दुईओटा टोली नाकादेखि गाउँसम्म परिचालन गरेका छौं, थापाले भने, जनपथसहित सशस्त्र समेत उति नै संख्यामा हतियार नियन्त्रण गर्न र त्यस्ता व्यक्तिलाई पक्राउ गर्न खटिएको छ ।

उनले हतियार सहित हिंड्ने मानिसबारे सूचना दिन जिल प्रशासनले सार्वजनिक रुपमा आव्हवान गरेको समेत सुनाए ।
स्रोतका अनुसार हतियार बोकेर हिंड्न सक्ने सम्भावित गौरीशंकर, बैत्यश्वर लगाएतका गाउँपालिकालाई केन्द्रित बनाएर विशेष टोली परिचाल गरिएको छ । नागरिक