चितवन । बनमन्त्री विक्रम पाण्डेले चितवन माडीका जनताले माओवादी अध्यक्ष पुस्पकमल दाहाललाई जिताएर बाँदरमुडे हत्यालाई जायेज थियो भनेर प्रमाणीत गर्न नसक्ने वताए ।
चितवन जिल्ला क्षेत्र न. ३ नेपाली कांग्रेस एवंम् रा.प्र.पा.(प्रजातान्त्रिक) सम्मिलित प्रजातान्त्रिक गठबन्धनको माडी नगरपालिकामा रहेको पार्टी कार्यालयमा भएको कार्यक्रममा कार्यकर्ता र त्यहाँका स्थानीयबासीलाई संवोधन गदै माडीबासीले मात्र नभई विश्वले नै बादरमुडे नरसंहारको घोर भत्सना गरिरहेको उनले भने ।
दिनदुखी गरिव जनताको रगतको होली खेल्नेहरुको हिसाव किताव गर्ने दिन आएको उनले बताए ।
सोहि कार्यक्रममा पूर्व सभासद रामकृष्ण घिमिरेले जनताको अधिकार र स्वतन्त्रताको रक्षा काँग्रेसले मात्र गर्नसक्ने बताउदैँ त्यसका लागि प्रचण्डलाई हराएर माडीका जनताले बादरमुडे त्रादशी एवम् हत्याकाण्डको गतिलो जबाफ दिनुपर्ने बताए ।
स्थानिय मतदाताले पनि प्रचण्डलाई जिताएर वादमुडे घटनाको अनुमोदन गर्न नसकिने भन्दै एमालेका नेता कार्यकर्तालाई पनि प्रचण्डको विपक्षमा मतदान गर्न आग्रह गरेका छन् । त्रासदीपूर्ण घटरनाको अनुमोदन गर्ने पाप नबोक्न उनीहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया