काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवाद कम्युनिष्ट गठबन्धनको लक्ष्य र साम्यवाद यसको अन्तिम परिकल्पना भएको बताएका छन ।
काठमाडौंका उम्मेदवारको परिचयात्मक कार्यक्रममा अध्यक्ष ओलीले समाजवाद मुल लक्ष्य र साम्यवाद मुल उदेश्य भएकाले यसमा स्पस्ष्ट हुन आग्रह पनि गरेका छन ।
ओलीले कम्युनिष्ट एकता र यसकोअन्तिम लक्ष्ण्का बिषयमा कांग्रेसले जती प्रचार गरेपनि जनता कांग्रेसको भ्रमबाट विचलित नहुने बताएका छन ।
ओलीले कांग्रेससाग कुनै पनि विचार नभएकाले तानाशाही अधिनायकवादको आरोप लगाए पनि कम्युनिष्ट गठबन्धनले लोकतन्त्रको सिमा भित्र समाजबाद र साम्यवादको लक्ष्य हासिल गरेरै छाड्ने दावी पनि गरेका छन ।
ओलीले शान्ति सुरक्षा खतरामा परेको भन्दै त्यसतर्फ सजग हुन सरकारको ध्यानाकर्षण पनि गराए । गठबन्धन संमृद्व नेपाल निर्माणका लागि स्पष्ट नीति र लक्ष्यका साथ अघि बढ्ने भन्दै संमृद्व नेपाल निर्माणका लागि कम्युनिष्टहरुवीच एकता हुन लागेको ओलीको भनाईछ ।
प्रतिक्रिया