देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल: काँग्रेस ढुक्क गठबन्धन मख्ख

देशान्तर

काठमाण्डौ ।
आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ .
विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका प्रधानमन्त्री देउवा छैटौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन । उनिसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।
माओवादी नेता भट्ट प्रधानमन्त्री देउवासँग डडेल्धुरामा तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् । . विसं २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन तथा २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा देउवासँग भट्ट पराजित भएका थिए । भट्ट विसं २०६४ मा एक हजार ३०० तथा २०७० मा आठ हजारभन्दा बढी मतअन्तरले देउवासँग पराजित भएका थिए ।
करिब तीन दशकदेखि डडेल्धुरामा पकड बनाएको काँग्रेसले केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा हार ब्यहोरेको थियो । त्यसकारण पछिल्लो समय काँग्रेस पहिलाको भन्दा कमजोर हुन पुगेको आँकलन गरिएको छ . यद्यपि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको नतिजाले कुनै असर नपार्ने काँग्रेसका स्थानीय नेता बताउँछन् । .
लामो समयदेखि जिल्लाको मात्र नभई समग्र सुदुरपश्चिमकै विकासमा प्रधानमन्त्री देउवाले अभिभावकको भुमिका निभाएको भन्दै डडेल्धुरा काँग्रेसका नेता तथा कार्यकर्ता मंसिर २१ गते उनि विजयी हुनेमा ढुक्क छन् .।
जिल्लाको प्रदेशसभा ‘ख’का उम्मेदवार तथा नेपाली काँग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण मल्लले निर्वाचन जित्न कुनै समस्या नभएको बताए । प्रधानमन्त्रीज्यु डडेल्धुराको मात्रै नभएर सुदुरपश्चिमकै अभिभावक हो .” उनले भने “यहाँका मतदाता कहिल्यै काँग्रेसको विपक्षमा हँुदैनन् .”
म र रघुवर भट्टजी प्रदेशमा लड्दै छौँ . मल्लले भने जिल्लाभर सबै भ्रातृसंगठन चुनावीसभामा खटिएका छन् . उनले सभापति देउवाविरुद्ध गठबन्धनले विभिन्न अपवाह फैलाएको आरोपसमेत लगाए. चार चार पटक प्रधानमन्त्री भएर यो देश हाँकिसकेका व्यक्तिले रोजगारी दिन सकेनन् भन्ने कुरो हुन्छ ? . उनले भने “हेर्दै जानुस् गठबन्धनका उम्मेदवार नै केही दिनमा काँग्रेसमा आबद्ध हुदैछन .” उनले डडेल्धुरामा काँग्रेस १० हजारभन्दा बढी मतअन्तरले निर्वाचन जित्ने दाबीसमेत गरे ।