देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनाव विरोधी गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

देशान्तर

काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव विरोधी गतिविधि नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् छ ।
५ र ६ नम्बर प्रदेशका सुरक्षा योजना र कार्यान्वयनको अवस्था बारे गृह मन्त्रालयले नेपालगञ्जमा आज गरेको सुरक्षा गोष्ठिमा प्रधामन्त्री देउवाले मतदाताले भए रहित ढंगले भोट हाल्न पाउने वातवरण कायम गर्न निर्देशन दिएका हुने । मुलुकका केहि जिल्लामा प्रतिनिधि र प्रदेश सभा निर्वाचन र उम्मेदवारलाई लक्षित गर्दै चुनाव विरोधी गतिविधि भईरहेका छन् । नेपालगञ्जमा सुरक्षा गोष्ठी जारी रहेका समय भोजपुरमा पूर्व सञ्चारमन्त्री शेरधन राई सवार गाडीमा बम प्रहार भएको थियो ।
सुरक्षा बैठकमा गृह मन्त्रालयका उच्च अधिकारीले सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहित तीन वटै सुरक्षा अंगका प्रदेश र जिल्ला तहका प्रमुखहरुलाई मन्त्रालयले प्रभावकारी सुरक्षा योजना पठाए पनि त्यस अनुरुप कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले सुरक्षा योजनामा व्यबस्थापकीय समस्या हटाउँदै चुवान विरोधी गतिविधि नियन्त्रण र उम्मेदवारको सुरक्षा गर्न आदेश दिएको बताए । मुलुकका विभिन्न जिल्लामा उम्मेदवार र मतदातालाई आतंकित तुल्याउने कार्य दोहोरिर्दै आएका छन् ।