देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आचारसंहिता उल्लंघन गर्ने लाई कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्तको चेतावनी

देशान्तर

काठमाडौं।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रमुख आयुक्त डा.यादवले आयोगबाट खटिएका अधिकारीले निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन आचारसंहिता पालना गर्नेपर्ने जिकिर गरे । बुधबार बालअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न ८ संस्थाले बालबालिकालाई निर्वाचनमा प्रयोग नगराउन दिएको ज्ञापनपत्र बुझ्दै डा। यादवले कुनैपनि दलले निर्वाचन प्रचार–प्रसारलगायतका क्रियाकलापमा बालबालिका प्रयोग गर्नु आचारसंहिताविपरीत हुने बताए ।
प्रमुख आयुक्त डा. यादवले चुनावी गतिविधिमा बालबालिकाको दुरुप्रयोग रोक्न गाउँगाउँमा अभियान चलाउन संघ–संस्थाहरुलाई आग्रह गरे ।

बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाले विद्यालयमा मतदान केन्द्र र मतगणनास्थल नराख्न आग्रह पनि गरे । तर, प्रमुख आयुक्त डा. यादवले निर्वाचन राष्ट्र र प्रजातन्त्रका लागि भएकाले केही दिन पठन–पाठन प्रभावित हुँदैमा समस्या नहुने भन्दै विद्यालय भवनको विकल्प खोज्न सजिलो नभएको उल्लेख गरे ।