देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिको एजेण्डासहित कांग्रेसको चुनावी प्रचार अभियान तीव्र

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले संविधानसभाबाट जारी संविधानको कार्यान्वयन, लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिको एजेण्डासहित चुनावी प्रचारप्रसारलाई तीव्र बनाएको छ ।
संविधान कार्यान्वयनपूर्व नै एमाले, नेकपा माओवादी केन्द्रसहितका दल मुलुकमा साम्यवादी शासन ल्याउन उद्यत भएको कांग्रेसको आरोप छ ।

यही एजेण्डा जनतासमक्ष लैजान कांग्रेसले निर्वाचन प्रचारलाई तीन चरणमा विभाजन गरेको छ । कांग्रेसले पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेगरी सातै प्रदेशमा प्रदेशस्तरीय सभा गर्ने तयारी गरेको छ ।
पार्टी सभापतिसहित शीर्ष नेतालाई नै प्रदेश केन्द्रित सात सभामा उपस्थित गराउने गरी कार्यतालिका तय हुने कांग्रेस प्रचार समिति संयोजक बालकृष्ण खाँणले बताए ।

कांग्रेसका अन्य प्रभावशाली नेताहरु प्रदेशका विभिन्न क्षेत्रहरुमा सम्बोधन गर्नेछन् भने उम्मेदवार नरहेका केन्द्रीय नेताहरु विभिन्न जिल्लामा प्रतिनिधिका रुपमा खटिनेछन् ।

कांग्रेसको प्रचार समितिका संयोजक खाँडले निर्वाचन केन्द्रीत अभियान र प्रचारप्रसार सुरु भइसकेको बताए । घरदैलौ र सभासंगै सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार भइरहेको खाँडको भनाईछ ।
कांग्रेस केन्द्रीय कार्यालयले निर्वाचन प्रयोवजनका लागि जिल्ला समितिहरुलाई झण्डा, घोषणापत्र र सभापतिको आह्वान लगायतका सामाग्री उपलब्ध गराइसकेको छ ।