देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन निष्पक्ष हुन्छ : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुने बताएका छन ।

निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सबै व्यवस्था गरि सकिएको देउवाको भनाई छ ।

युरोपियन युनियनका निर्वाचन पर्यवेक्षण टोलीसँगको भेटमा उनले पहिलो चरणको निर्वाचनको तयारी पुरा भएको र निष्पक्ष रुपमा सम्पन्न हुने जानकारी गराएका छन ।

देउवाले निर्वाच्न निष्पक्ष हुने कुरामा संकानगर्न पनि आग्रह गरेका छन ।  भेटमा यरोपियन युनियनको टोलीले पनि निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न नेपाल सफल हुने विश्वास व्यक्त गरेको छ ।

टोलीले निर्वाचन पर्यवेक्षणका लागि आवश्यक वातावरण बनाउन पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेको थियो ।