काठमाडौं । सिन्धुपाल्चोकमा नेकपा एमाले,माओबादी केन्द्र र नयाँ शक्ति नेपालका एक हजार भन्दा बढी नेता तथा कार्यकता नेपाली कांग्रेस प्रवेश गरेका छन ।
जुगल गाउँपालिकामा आयोजित चुनावी सभाका कार्यक्रममा सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले खादा तथा माला लगाएर उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन ।
चुनवी सभालाई संवोधन गर्दै मन्त्री बस्नेतले सिन्धुपाल्चोकलाई समृद्ध बनाउनका लागि आफुले जस्तो सुकै त्याग गर्न पनि तयार रहेको वताए ।
प्रतिक्रिया