देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वामगठबन्धन टुटे ओली र दाहालको राजनितिक भबिश्य नै समाप्तः महरा

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बाम गठबन्धन असफल भए एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी अध्यक्ष पुष्पकमल दाहालको  राजनितिक भबिश्य संकटमा पर्ने बताएका छन ।

महराले बाम गठनबन्धन पार्टी एकता सम्म पुग्नै पर्ने र नपुगे नेताहरुको भबिश्य खतरामा पर्ने चेतावनी पनि दिए । रोल्पाको लिबाङमा आज आयोजित पत्रकार सम्मेलनमा महराले एकताबाट पछि हट्ने हो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी वलीको समप्त हुने बताए ।

उनले बाम एकताबारे दुबै पार्टीमा आशंका कायम रहेको भन्दै एकता नभए ओली र दाहालको मात्र नभएर दुवै पार्टी पचास वर्षपछि धकेलिने बताए । चुनावपछि मुलुकमा स्थिरता र आर्थिक स्मृद्धिको बाटो खोल्नका लागि वाम गठबन्धन बनेको महराको भनाईछ ।

उनले दुईपार्टी एक बनाउन पर्याप्त वहस र गृहकार्य नभएको भन्दै असन्तष्टि ब्यक्त गरे । बाम गठबन्धले नेपाली कांग्रेस लगायतका कतिपय शक्ति अत्तालिएको दाबी गर्दै महराले कम्यूनिष्टले एक दलिय अधिनायकवाद लाद््ने भ्रमको प्रचार चिर्न नसकेको बताए ।