मलेसिया । मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातको समयावधि थप भएको छ । काठमाण्डौमा सोमबार बसेको मन्त्री परिषदको बैठकले मलेसियाका लागि अर्का राजदूत नियूक्ति नगरेसम्मका लागि बस्न्यातको अवधि थप गरेको हो ।
सात नोभेम्बर २०१३ मा डा. बस्न्यात राजदूतमा नियुक्त भएका थिए । उनको कार्यकाल ७ नोभेम्बर २०१७ मा अन्त्य हुँदै थियो । तर उनको कामको मूल्याङ्कन गर्दै एक दिन बाँकि छदै सोमबार बसको मन्त्रीपरिषदको बैठकले कार्यावधि थप गरेको हो ।
राजदूत नियूक्ति भए लगत्तै मलेसियामा उनले नेपाली श्रमीकहरुको मुद्धा मामीलामा सहज बनाउन वकिलको व्यबस्था, २४ घण्टे हट लाईनको व्यवस्था, नेपाली भाषामा १ घण्टा रेडियो सञ्चालन लगायतका महत्वपूर्ण कामहरुको सुरुवात गरेका छन् । उनको पहलमा नेपालीहरुलाई सेवा प्रदान गर्न मलेसियाको पेनाङ, सेलाङगर र ईण्डोनेसियाको जकार्तामा बाणिज्यदूतको स्थापना भएको हो । बस्न्यातले समस्यामा परेका नेपालीहरुको उद्धार कार्य तीब्र बनाउँदै आएका छन् ।
प्रतिक्रिया