काठमाडौँ । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला अन्तर्गत प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सकिएको जनाएको छ । मंसिर १० गते निर्वाचन हुने ३७ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ३५ लाख मतपत्र छापिसकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
मतपत्र छपाईको काम सकिएसँगै ती जिल्लामा निर्वाचन सामाग्री ढुवानीको काम समेत सुरु भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लामा आगामी २७ गते सम्म सम्पुर्ण निर्वाचन सामग्री र्पुयाइसक्ने आयोगले जनाएको छ ।
दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको मतपत्र भने केहिदिन भित्रमै छाप्न सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया