देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँदरमुढे नफर्कन दाहाललाई पीडितहरुको चेतावनी

देशान्तर

काठमाडौं । आफुहरुलाई पटक पटक आस्वासन दिदै र ढाँट्दै आएको भन्दै बाँदरमुढे घटनाका पीडितहरुले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई बाँदरमुढे नफर्कन चेतावनी दिएका छन ।
चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेद्वार बनेका दाहालले दुईदिन अघि मात्र बाँदरमुढे घटनाको छानविन गर्न र केबुलकार बनाईदिने आस्वासन दिएका थिए ।

बाँदरमुढे घटनाका पिडितहरुसंग छलफल गर्न भन्दै एमाले माओबादीको संयुक्त चुनावी अभियानमा समेत नगएका दाहालले पिडितहरुलाई नभेटी झुक्काए पछि उनिहरु आक्रोसित भएका हुन ।

आईतबार उनीहरुसँग भेटेर उनीहरुका समस्या सुन्ने कार्यतालिका राखेका दाहाल उनीहरुलाई एक ठाउँमा बोलाएर आफू भने अर्कै कार्यक्रममा हिँडेपछि पीडितहरुले उनलाई बाँदरमुढे नफर्कन चेतावनी दिएका हुन ।

आईतबार बाँदरमुढे घटना पीडित समितिले जारी गरेको विज्ञप्तीमा उनीहरुलाई विरुवा स्थित माडी नगरपालिकाका मेयर ठाकुर ढकालको निवासमा भेट्ने भनी समय तोकेका थिए ।

उनीहरुसँग भेट्नको लागि प्रचण्डले माओवादी केन्द्रका कोषध्यक्ष अमिक शेरचनलाई मध्यस्तकर्ताको रुपमा खटाएका थिए ।

सोही अनुसार विरुवामा जम्मा भएका १५ जना पीडितहरु साँझसम्म कुर्दा पनि प्रचण्ड भेट्न नआएपछि आक्रोशित बनेका हुन् । साँझमा उनीहरुलाई भेट गर्नको लागि भरतपुर बोलाईएको थियो । तर, उनीहरुले चुनावी सफलताका लागि आफुहरुलाई प्रयोग गर्न खोजेको भन्दै दाहासंग नभेट्ने बताएका छन ।

समितिका अध्यक्ष मुक्तिनाथ दाहालले जारी गरेको विज्ञप्तीमा माओवादी केन्द्रलाई पीडितहरुमाथि यस्ता प्रकारका खेलवाड नगर्न माओवादी केन्द्रलाई चेतावनी दिईएको छ ।
उनले आफूहरु वार्तामा बस्न तयार भएपनि माओवादी केन्द्र आफूहरुसँग वातामा बस्न नै नचाहेको र अध्यक्ष दाहालले समेत पटक पटक झुक्याएको बताएका छन ।