काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवमाथि घरवेटीले सार्वजनिक रुपमै अपमान गर्दा समेत सरकार भने मुकदर्शक बनेको छ । सरकारले गत साउन महिनादेखि प्रथम राष्ट्रपतिको आवासको भाडा नतिर्दा घरबेटीले यादव माथि अपमान जनक व्यवहार गर्दै १५ दिनभित्र घर खाली गर्न सार्बजनिक सूचना जारी गरेका छन् ।
सरकारले प्रथम राष्ट्रपति यादवलाई अर्को व्यावस्था नभए सम्म ललितपुरको बागडोलमा रहेको रविभक्त विष्टको घर भाडामा लिएर राखेको थियो । राष्ट्रपतिको कार्यकाल सकिएपछि यादव बस्दै आएको बिष्टको घरको भाडा सरकारले तिर्दै आएको थियो ।
घरबेटी विष्टले गत सोमबार नै एक राष्ट्रिय दैनिकमा घर खाली गर्नेबारे सूचना जारी गर्दै प्रथम राष्ट्रपति यादवलाई १५ दिनभित्र घर खाली गर्न भनेका छन । तर, सूचना निकालेको एक साता बित्दा समेत सरकारले यसवो जानकारी लिएको छैन ।
घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम तिरेको बिल उपलब्ध गराउन भनिएको छ ।
यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासले आवास सेवा उपलब्ध गराउँदै आएको विष्टले जारी गरेको सूचनामा उल्लेख छ । तर, गत साउनदेखि राष्ट्रपति कार्यालय र प्रथम राष्टपति यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा नतिरेको विष्टले घर छाड्न मौखिक रुपमा पनि दवाब दिदै आएका छन ।
सरकारले उच्च सम्मान गर्नुपर्ने प्रथम राष्ट्रपतिलाई भाडा तिर्न नसकेर घर खालिगर्न सूचना निकाल्दा समेत सरकार भने लाचार जस्तै बनेको छ ।
प्रतिक्रिया