देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापा क्षेत्र नम्बर १ मा कार्की विरुद्ध विश्वप्रकाश भारी बन्दै

देशान्तर

झापा । एमाले अध्यक्ष केपी ओलीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट परास्त गर्न तयार रहेका कांग्रेसका युवा नेता विश्वप्रकाश सर्मा क्षेत्र नम्बर १ मा गएपछि वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उमेद्वार बनेका राम कार्की सर्माका अगाडी कम्जोर देखिएका छन ।

राजनीतिक वृत्तमा दुरदृष्टि र बौद्धिक नेताका रुपमा परिचय कमाएका शर्मा प्रखर बक्ताका रुपमा पनि परिचित छन । पूर्वसञ्चारमन्त्री समेत रहेका कार्कीले झापा १ मा बिश्वप्रकाश शार्मा आउने भएपछि झापा—२ बाट उठ्ने मनसाय बनाएका थिए । तर, पार्टीले झापा—१ बाट उठाएपछि उनि समस्यामा परेका छन ।

कांग्रेसले पनि शर्मालाई झापा—५ बाट उठाउने तयारी गरेको थियो । तर, राप्रपासंग झापामा गठबन्धन नमिलेको र एमाले अध्यक्ष ओलीले अर्को उमेद्वार माग पछि शर्मा क्षेत्र नम्बर १ मा पुगेका हुन । झापा क्षेत्र नं. १ मा मेचीनगर नगरपालिकासहित भद्रपुरको वडा नं. ९, १० र बुद्धशान्ति गाउँपालिकाको वडा नं. ४, ५, ६ र ८ पर्छ भने यहाँको मतदाता संख्या १ लाख ९ हजार ६ सय ७६ रहेको छ ।

स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार पनि नेपाली कांग्रेसको २५ हजार ५ सय १ मत र वाम गठबन्त्रनको २५ हजार ६३ मत रहेको छ । यो परिणामलाई आधार मान्दा यहाँ वाम गठबन्धन ९ हजार ४ सय ५० मतले कांग्रेसभन्दा अगाडि छ ।

शर्मा ०७० सालको निर्वाचनमा एमालेका उम्मेदवार रविन कोइरालासँग ६ सय ८९ मतान्तरले पराजित भएका थिए । रविन माधव नेपाल पक्षका नेता हुन भने उनले झपामा आली विरुद्ध अभियाननै चलाएका थिए ।

०७० मा विश्वप्रकाशलाई काठमाडौं मात्रै बसेको भन्दै स्थानीयले ‘टुरिष्ट’ उम्मेदवारको संज्ञा दिएका थिए । त्यसपछि उनको जिल्लामा सक्रियता बढेको छ । उनले पछिल्लो समयमा गाउँमा विकासका गतिविधिहरुलाई अघि बढाएको स्थानीय बासीहरुको भनाई छ ।

पटक पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका वाम गठबन्धनबाट उम्मेदवार सुरेन्द्र कार्की उर्फ राम कार्की ०७० सालमा समानुपातिकतर्फबाट संसदमा प्रतिनिधित्व गरेका थिए । त्यसअघि उनी ०६४ सालको निर्वाचनमा ताप्लेजुङ क्षेत्र नं. १ बाट पराजित भएका थिए ।

ओखलढुंगा पुख्र्यौली थलो भएका कार्की भूमिगतकालमा झापामा बसेका थिए । लामो समयसम्म पार्टीको मेची अञ्चल इञ्चार्ज भएका कार्कीले जनयुद्धताका झापाली जनताको चित्त देखाएका छन ।

स्थानीय चुनावको अङ्कगणित र वाम गठबन्धनपछि जनतामा आएको उत्साहले पनि कार्कीको जित निश्चित नभएको माओवादी नेताहरु बताउँछन् । युवा र सबै दलका कार्यकर्ता माझ लोकप्रिय भएकाले विश्वप्रकाश काकीका लागि सहज नभएको माओबादी नेताहरुको भनाईछ ।