देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उम्मेदवारी विरुद्ध आज उजुरी दिन पाइने

देशान्तर

काठमाडौं । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारको बिरोधमा उजुरी दिने समय तोकिएको छ । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको बिरोधमा उजुरी दिन सकिनेछ । यस्तै भोलि मनोनयन पत्र र उजूरी माथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । १९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रवक्ता ढकालले बताए ।

यसअघि हिजो दोस्रो चरणमा मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि ४५ जिल्लामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको १ सय २८ सदस्यका लागि १ हजार ७ सय ४२ र प्रदेशसभाको २ सय ५६ सदस्यका लागि २ हजार ९ सय ६६ जनाको उम्मेदवारी परेको छ ।