देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिएको छ- ओली

देशान्तर

काठमाडौं । नेकपा एमालेका केपी शर्मा ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टी पङ्गति परिचालित हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यशालालाई आज सम्बोधन गर्दै सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताएका हुन् ।


चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको जनाए । ओलीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न नसकेको बताए । ओलीले पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिएको भन्दै सही र सत्य विचारमा अडिने र त्यसलाई अघि बढाउन सक्नुपर्ने बताए । पार्टीलाई नेतृत्व दिन नसक्ने , विमति जनाउने तर सही बाटो के हो त्यो पहिल्याउन नसक्ने र असहमति राखेर आफूलाई फरक देखाउन खोज्ने प्रवृत्ति रहेको बताए । उनले त्यस्ता प्रवृत्ति प्रतिक्रियावादी शक्तिको पछि लाग्ने गरेको पनि बताए ।