देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनपीएल : कर्णालीद्वारा लुम्बिनी ५ रनले पराजित

देशान्तर


काठमाडौं । नेपाल प्रिमियर लिगको शुक्रबारको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ । यो कर्णालीको चौथो जित हो ।

छैटौं खेल खेलिरहेको कर्णालीले चौथो जित निकाल्दा सातौं खेल खेलेको लुम्बिनीले छैटौं हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रनमात्र जोड्न सक्यो ।

लुम्बिनीका लागि टम मुर्सले ३६ रनको योगदान गरे । सन्दीप जोराले २४ रन बनाए । कप्तान रोहितकुमार पौडेल १०, ओपनरद्वय आशुतोष घिरैया १६ र अर्जुन साउद १३ रन बनाएर आउट भए ।

कर्णालीका लागि जिशान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले ४४ रन बनाए । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

अर्जुन घर्तीले २५ रन बनाए । बाबर हायातले २० र च्याडविक वाल्टनले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । लुम्बिनीका डेब्यू गरेका विकास आग्रीले ३, तिलक भण्डारी २ तथा रामोन सिमन्ड्स, साद बिन जफर र रोहितले १–१ विकेट लिए ।