देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका गुरुङ र एमालेका पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई गगनको आग्रह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनभन्दा माथि कोही छैन भन्ने कुरा सरकारले स्थापित गर्नु पर्ने बताएका छन् ।
राष्ट्र बैंक कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरे ।

उनले नयाँ पुरानो जो भए पनि छानबिन समितिले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान हुनुपर्ने बताए ।
थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई बोल्नेभन्दा पनि काम गरेर देखाउन आग्रह गरे ।