काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद् बैठकमो वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा भएको छ ।
आइतवार भएको परिषद्को उक्त ३५औँ बैठकमा मध्यपूर्वमा बढिरहेको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र अपनाउनुपर्ने भावी रणनीतिबारे छलफल भएको थियो ।
अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रम विशेषगरी राष्ट्रिय सुरक्षामा आउन सक्ने विधि चुनौतीबारे छलफल भएको थियो ।
बैठकमा सैनिक ऐनको व्यवस्थाबमोजिम नेपाली सेनाका लागि आव २०८१÷८२ मा खरिद गरिने हातहतियार, खरखजाना तथा अन्य सैन्य सरसामग्री खरिद गर्न नीतिगत स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले परिषद्को बैठक सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरेको छ ।
बैठकमा प्रधानमन्त्री ,गृहमन्त्री, रक्षामन्त्री ,मुख्य सचिव, प्रधानसेनापति एवं रक्षा सचिव सहभागी थिए ।
प्रतिक्रिया