देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद् बैठक बस्दै -दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने

देशान्तर

काठमाडौँ । आज सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । साँझ पाँच बस्ने गरी बोलाइएको मन्त्रिपरिषद् बैठकको एजेन्डा सार्वजनिक नभएपनि दल विभाजन सम्बन्धी अध्यादेश बारे छलफल हुन सक्ने जनाइएको छ । प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपा विभाजन गर्ने तयारीमा छन् ।
आइतबार बेलुका पनि ओलीले देउवालाई बालुवाटारमा बोलाएर अध्यादेश ल्याउन सहयोग गर्न आग्रह गरेको बुझिएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस सभापति शेरबहादुर देउवासहित गृहमन्त्री रमेश लेखकलाई बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

यसैबीच गत शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकको निर्णय अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई समसामयिक राजनीति र बाढीपहिरोलगायतका विषयमा केन्द्रित रहेर विपक्षी दलहरूले ज्ञापनपत्र पत्र बुझाउँदैछन् ।
सोमबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझ्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।