देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुरूङले दान गरेको जग्गामा लेनादेना नभएको एमालेको दाबी- नजराना लिनु सुशासनको खिलाफ : महर

देशान्तर


काठमाडौं । पार्टी भित्र र आम नागरिकको तहबाट समेत चौतर्फी आलोचना खेपिरहेको नेकपा एमालेले कार्यकर्तालाई “दानको जग्गा ” बारे नबोल्न निर्देशन जारी गरेको केही समय पछि पार्टी कार्यालय भवनका विषयमा पार्टी र नेतृत्वको विपक्षमा लाञ्छना लगाइएको भन्दै भत्र्सना गरेको छ । यो बारेमा अध्यक्ष केपि ओलीले सचीवालय बैठकमा समेत कुरा लुकाएका थिए । व्यावसायि मीनबहादुर गुरूङले “दान ” गरेको जग्गाका बारे ओली र महासचिव शंकर पोख्रेल सहित सिमित ब्यक्तिलाई मात्र थाहा थियो । एमालेको पार्टी कार्यालयको भवन शिलान्यासको बेला मात्र “दानवीर ” बारे एमालेका कार्यकर्ता र आम नगारिकले थाहा पाएका थिए । जस्को अहिले चौतर्फी आलोचना भैरहदा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै ७५ वर्षे इतिहास बोकेको पार्टीप्रति लान्छना लगाउने काम भएको बताएका छन् । “जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टिकाटिप्पणीहरू अत्यन्त खेदजनक छन् । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ,” विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका समर्थक गुरुङले भवन निर्माणका लागि जग्गा दान गरेको विज्ञप्तिमा उल्लेख छ । गुरुङ विद्यार्थी कालदेखि नै अनेरास्ववियु र स्ववियुमा सक्रिय रहेको पनि एमालेले जनाएको छ ।
जग्गा स्वीकारमा कुनै लेनादेन नभएको पनि जनाइएको छ ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूला व्यवसायीसँग भूकम्प प्रभावितलाई हजार घर बनाइदेऊ भनेर अपिल गर्न सक्ने तर, कुनै पार्टी कार्यालय बनाउन व्यवसायीबाट सहयोग लिन नहुने तर्क गरेका छन् ।

सरकारले बाढीले नबग्ने सय पुल, गाउँमा शैक्षिक संस्था र स्वास्थ्यचौकी बनाउन व्यवसायीसँग अपिल गर्न सक्ने उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘अझ ठुलो दान लिने दिने भए– देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देऊ, यस्तो पनि त भन्न र गर्न मिल्छ।’
यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले दान जग्गा फिर्ता गरेको घोषणा गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका सम्पर्क समितिहरूसँगको भेटघाटमा महरले जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै प्रधानमन्त्रीले कसैबाट दान दातव्य र नजराना लिनु सुशासनको खिलाफ भएको बताए ।