देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुतिरहेका भाइको हत्या गरेर दाजुले गरे प्रहरीसँग आत्मसर्पण

देशान्तर

काठमाडौं । बुधबार दिउँसो ३ बजे ४६ वर्षीय गौतम मानन्धर झोँछेस्थित आफ्नो घरको चौथो तलामा सुतिरहेका थिए। गौतमका दाजु राजु रन्थनिँदैं भाइको कोठाभित्र छिरे। अनि, निदाइरहेका गौतमको टाउकोमा हम्मरले अन्धाधुन्द प्रहार गरे। भाइ मरेको निश्चित भएपछि कोठा बन्द गरी आफू पनि मर्न निस्किए । पोखरामा गएर मर्ने योजना बनाएका थिए । तर, त्यसपछि आफू कता गइरहेको छु भन्ने समेत मेसो पाएनन् ।

घुम्दाघुम्दै एयरपोर्ट पुगेपछि मात्र थाहा पाए, उनी काठमाडौंमै रहेछन् । यसपछि उनको मुड फेरियो र प्रहरीसँग आत्मसमर्पण गर्ने निधो गरे । आफ्नै भाइको हत्या अभियोगमा बुधबार राति १० बजे पक्राउ परेका ५१ वर्षीय राजुले दिएको प्रारम्भिक बयानका आधारमा जनसेवा प्रहरी वृतका डीएसपी सन्तोष आचार्यले घटनाको वेलिविस्तार यसरी लगाए ।

एयरपोर्टमा आइपुगेपछि राजीवले झोंछेकै एक स्थानीयलाई फोन गरी ‘जसरी पनि भेट्नु छ’ भन्दै बोलाएका थिए । राजीवले ती स्थानियलाई भेटेर घटनाबारे जानकारी गराए। ती स्थानीयले आत्तिँदैं विशाल बजारस्थित जनसेवा वृतलाई खबर गरे। जतिबेला राजु सोही क्षेत्रमा पुगिसकेका थिए ।

‘भाइको हत्यापछि उनी विक्षिप्त अवस्थामा पुगेछन्’, जनसेवा वृतका डीएसपी आचार्यले भने। गौतम अविवाहित हुन्। उनी आमा र दाजु भाउजूसँगैं बस्दै आएका थिए। परिवारका दुई सन्तानमध्ये गौतम कान्छा हुन्।

प्रहरीका अनुसार गौतमले परिवारलाई लामो समयदेखी ‘टर्चर’ दिँदै आएका थिए। ‘सम्पत्तिको विवाद भन्दा पनि दाजुका हरेक काममा असन्तुष्टी राख्ने, किचकिच गर्ने , दाजु भाउजू र आमालाई धम्काउने गर्दा रहेछन्। आफूले भनेजस्तो हुनुपर्ने उनको माग हुँदो रहेछ’ , डीएसपी आचार्यले भने।

आठ, दश वर्षयता दाजुभाइको सम्बन्ध नराम्रो भए पनि बुधबारको घटना हुनु केही घन्टा अघि भने सम्पत्तिकै विवाद देखिएको थियो। प्रहरीका अनुसार, गौतमले जग्गा किन्न भन्दै एक जनासँग आठ लाख रुपैयाँ लिएका थिए, जुन राजीवलाई थाहा थिएन। तर पैसा दिने मान्छे पैसा माग्दै राजीवसँग आएपछि भाइप्रती थप रुष्ट बनेका थिए।

डीएसपी आचार्यले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ। त्यसैले थप कुराहरु खुल्दै जालान्।’ राजुले आफ्नै घरमा कफी सप र किराना पसल सञ्चालन गर्दै आएका थिए। यता गौतमको ज्ञानेश्वरमा एक्युरियम पसल थियो।

गौतम लागु औषध दुव्र्यसनी थिए । उनी प्राय दिउँसो १२(१ बजेमात्र उठ्थे र दुई बजेतिर पसलतिर जाँन्थे । उनी सुत्ने कोठामा समेत हतपती कोही छिर्दैन थियो । उनको कुनै ठेगान नहुने भएकाले परिवारले उनी सुत्ने कोठाबाहिर रहेको टेबलमा बिहान बेलुकाको खाना लगेर राखिदिन्थ्यो ।

प्रहरी बुधबार राति १० बजे घरमा पुगेपछि मात्र राजुको परिवारका अन्य सदस्यले गौतमको हत्या भएको चाल पाएका थिए । प्रहरी राजुको घरमा पुग्दा परिवारका अन्य सदस्य मस्त सुतिरहेका थिए । अन्नपुर्ण पोष्टमा खबर छ ।