देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवालाई भारतको सुरक्षामा चासो दिन कुटनीतिक दबाब

देशान्तर

काठमाडौं । नेपालको मामलामा राम्रो दख्खल रादै आएका भारतीय पूर्ब कुटनीतिज्ञहरुले नेपालले भारतको सुरक्षाका बिषयमा चासो राख्न आवस्यक भएको बताएका छन । उनिहरुले भारतको वास्तविक सुरक्षा चासोलाई काठमाडौंले पर्याप्त ध्यान नदिएको भन्दै चीन—भारत बिबादका बिषयमा चुप बस्न नमिल्ने दाबी गरेका छन ।

प्रधानमन्त्री देउवा भारत पुगे लगत्तै भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको दुई देशका जनता–जनताबीचको सम्बन्ध विषयक कार्यक्रममा बोल्दै कुटनीतिज्ञ तथा विश्लेषकहरुले नेपाल–भारत सम्बन्धलाई चीनसंगको सम्बन्धसंग तुलना नै गर्न नमिल्ने समेत बताएका छन ।

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भारतीय पक्षले आफ्नो सुरक्षा चासोलाई अझ मुखरित रुपमा राख्ने तयारी गरिरहेको सन्दर्भमा भारतीय विश्लेषकहरुले समेत यही कुरामा जोड दिएका हुन् ।

नेपालकालागि पूर्व भारतीय राजदुत केभी राजनले भारतको वास्तविक चासोलाई काठमाडौंले त्यति धेरै चासो नदिएको जस्तो देखिएकाले भारतको सुरक्षाचासोलाई नेपालले सम्बोधन गर्नुपर्ने बताए । उनले नेपाल र भारतको सम्बन्ध अरु कुनै मुलुकसंग तुलना हुन नसक्ने दाबी परिन गरेका छन ।

राजनले नेपाल र भारतको सम्बन्ध अहिले जुन तहको छ, चीन र नेपालको सम्बन्ध कहिल्यै पनि त्यही तहमा पुग्न नसक्ने भन्दै काठमाडौंले यो तथ्यलाई स्वीकार गर्न आवस्यक भएको बताए । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रति इसारागर्दै काठमाडौंमा देखिएको उग्र राष्ट्रवादले नेपाल र भारत दुवैको हित नगर्ने दाबी समेत गरेका छन ।

नेपाल मामिलाका जानकार अशोक मेहताले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धमा चाइना–फ्याक्टर बलियो हुदै गएको भन्दै नेपालको राजनीतिक दलहरुमा चीनले आफ्नो प्रभाव बढाउँदै लगेको अरोप लगाए ।

दोक्लाम तनावको विषयमा बोल्दै मेहताले नेपाल तटस्थ बस्छु भन्नु पृथ्वीनारायण शाहको विदेश नीतिलाई अंगाल्नु हो भन्दै उनले भारत र चीनको बीचमा युद्ध भए नेपालले के गर्छ ? भारतीय सेनामा ५० हजार गोर्खा सैनिकहरु छन् युद्धका वेला नेपाल कसरी तटस्थ बस्छ भन्दै प्रश्न गरेका थिए ।

उनले नेपाली नेताहरुले भारतमा आएपछि विशेष सम्बन्धको कुरा गर्ने तर काठमाडौं फर्केपछि त्यसलाई बिर्सने बताए । मेहताले जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्नकालागि भारतले आफ्नो मुलुकमा रहेका नेपालीलाई सम्मान गर्नुपर्ने बताए ।

नेपाल मामिलालाई निरन्तर फलोअप गर्ने भारतीय नेता विजयप्रताप सिंहले नेपालको बारेमा भारतको उच्च राजनीतिक तहमा कम जानकारी रहेको बताए ।

यस्तै अर्का जानकार उद्धव प्याकुरेलले भारतले दुई वर्ष अगाडि लगाएको नाकाबन्दीको कारण भारत विरोधी भावना नेपालमा बढेको भन्दै जनता र जनताबीचको सम्बन्ध राम्रो होइन बिग्रदो अवस्था तर्फ उन्मुख भएको बताए ।

उनले अहिले भारतमा पहाड र मधेशका नागरिकलाई हेर्ने दृष्ट्रिकोण समान नभएको र मधेश आन्दोलनपछि दिल्लीले मधेशका नागरिक र पहाडका नागरिकलाई फरक रुपमा हेर्ने गरेको बताए ।