काठमाडौं । नेपाल पत्रकार महासंघको पदाधिकारीमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरको प्यानलै बिजयी भएको छ । महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन् ।
काठमाडौंमा भएको २५ औं महाधिवेशनमा प्रेस चौतारीका तीर्थ प्यानललाई १ सय ५ मतले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएका छन । अध्यक्षका अर्का उम्मेदवार उजीर मगरले ५४, ईन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाइन् ।
उपाध्यक्ष खुल्लामा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एसोसिएसट सचिवमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र र लेखा समिति संयोजकमा रोशन पुरी निर्वाचित भएका छन् ।
महाधिवेशनमा यसपटक कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरबीच सहकार्य गरेका थिए ।
प्रतिक्रिया