देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल पत्रकार महासंघको निर्वाचनमा १४ सय ४९ मत खस्यो,मतगणनाको तयारी हुदै

देशान्तर

काठमाडौं । नेपाल पत्रकार महाँसंघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा १४ सय ४९ मत खसेको छ । मतगणना कार्य सोमवार साँझ बाट शुरु गर्ने तयारी भईरहेको निर्वाचन समितिले जनाएको छ ।

महासंघको २५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानमा १४ सय ४९ मत खसेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए ।

महासंघमा १५ सय ८ जना मतदाता रहेकोमा ५९ मत भने नखसेको पनि उनले बताए । महासंघको नयाँ नेतृत्वका लागि गोविन्द आचार्य, तीर्थ कोइराला, उजिर मगर, इन्द्र राउत र भावना विद्रोही चुनावि मैदानमा छन् ।

तर प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानबाट उठेका गोविन्द आचार्य र प्रेस चौतारिका उम्मेद्धार तीर्थ कोइरालाबीच कडा टक्कर हुने मतदाताहरुले बताएका छन ।

महाधिवेशनले पैंतालीस सदस्यीय कार्यसमिति चयन गर्ने छ । सबैसंग छलफल गरि छिटो मतगणना कार्य शुरु गर्न तयारी भईरहेको समितिका संयोजक खनालले जानकारी दिएका छन ।