काठमाडौं । दुबईमा लुक्दै आएका ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी राजन प्रसाद पन्थलाई प्रहरीले दुबईबाट नेपाल आउनेक्रमा पक्राउ गरेको छ । पन्थ बिगत अढाई महिना देखि दुबई प्रहरीको हिरासतमा रहेको प्रहरीले जनाएको छ ।
दुबईमा पुलिसले पक्राउ गरि अनुसन्धान सुरु गरेपछि पन्थलाई दुबई प्रहरीको सहयोगमा नेपाल ल्याईएको प्रहरीको भनाई छ । पन्थलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको आग्रहमा रेडकर्नर नोटिसमा राखिएको थियो ।
दुबई प्रहरीले पन्थ नेपाल आउन लागेको सुचना दिएपछि विमानस्थलबाट प्ररीले पक्राउ गरेको हो नेपाल प्रहरीको ईन्टरपोल महाशाखाले जनाएको छ ।
त्यहाँका कानुन अनुसार कारबाही गरेपछि दुवई प्रहरीसँग समन्वय गरेर पन्थलाई सोमबार नेपाल ल्याएको महाशाखाले जनाएको छ ।
पन्थले दुवईमा बसेर सुन तस्करी गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको दाबी छ ।
सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो बढी सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया