देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसबाट १०,माओवादीबाट ८ र फोरमबाट ३ जना राज्यमन्त्री थपिदै

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा थप २१ राज्यमन्त्री थप गर्ने भएका छन् । भारत भ्रमण अघि नै कांग्रेसबाट १०, माओवादीबाट ८ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थप गर्न लागिएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिएका छन ।

 

निधिका अनुसार माओवादीबाट राज्यमन्त्रीको नाम प्राप्त भइसकेकाले उनीहरुलाई आज बेलुका नै सपथ गराउने सम्भावना छ रहेको छ । कांग्रेस र फोरमबाट थप हुने राज्यमन्त्रीको नाम भने फाईन हुन बाँकिरहेको छ ।

 

प्रधानमन्त्री देउवाले भारत भ्रमण अगावै कांग्रेस पोरमका राज्यमन्त्रीहरु  लाई सपथ ग्रहण गराउने निधिको भनाई छ ।

 

माओवादी राज्यमन्त्रीका लागि सिफारिस भएकाहरुमा जाकिर हुसैन (उर्जा), श्यामकुमार श्रेष्ठ (गृह), रामा सिंह यादव (परराष्ट्र), शम्भुलाल श्रेष्ठ (स्वास्थ्य), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गरुङ (सहरी), गोमा कुँवर (पशु–पन्छी), ओङ्दी शेर्पा (सामान्य प्रशासन रहेका छन ।