काठमाडौं । सरकारले वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीलाई महान्यायाधीवक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको कानुनी सल्लाहकारका रुपमा महान्यायाधीवक्तामा अधिवक्ता भण्डारीलाई नियुक्त गर्न नाम सिफारिस गरेका हुन् । भण्डारीको नियुक्तिका लागि राष्ट्रपति समक्ष नाम पठाइएको बताईएको छ ।
भण्डारीले झन्डै ४० वर्ष कानुन व्यवसायिका रुपमा न्यायक्षेत्रमा काम गरेका छन । उनलाई राष्ट्रपतिबाट बुधवार नै नियुक्ति दिने तयारी भइरहेको छ । रमणकुमार श्रेष्ठले महान्यायाधीवक्ता पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
प्रधानमन्त्रीले राजीनामा दिएपछि महान्यायाधीवक्ताले समेत राजीनामा दिने प्रचलन भए पनि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा नियुक्त भएका श्रेष्ठले एक साताअघि मात्र राजीनामा दिएका थिए ।
प्रतिक्रिया