देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हुलाक सेवा विकासका लागि सहयोग गर्ने: सञ्चारमन्त्री बस्नेत

देशान्तर

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हुलाक सेवा विकासका लागि मन्त्रालयले सहयोग गर्ने बताएका छन् । गोश्वारा हुलाक कार्यालयले आज यहाँ आयोजना गरेको डाँक ढुवानी सवारीको उद्घाटन कार्यक्रममा उनले प्रतिस्पर्धाको जमानामा हुलाक सेवालाई थप प्रभावकारी बनाउन यसलाई आधुुनिक प्रविधियुक्त बनाएर लग्नुपर्ने आवश्कता औल्याए ।

मन्त्री बस्नेतले संविधान कार्यान्वयन र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा पनि व्यक्त गरे। सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले नयाँ प्रविधिको विकाससँगै हुलाकलाई पनि प्रविधिमैत्री बनाउँदै सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।

हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले जनशक्तिको अभावमा विभागले उपयुक्त सेवा दिन नसकेको स्पष्ट पारे । उक्त डाँक ढुवानी सेवा करिब ३० देखि ३५ जिल्लामा पु¥याएको जनाएको छ । यसअघि मन्त्री बस्नेतले हुलाक कार्यालयको निरीक्षण गरी त्यहाँको वस्तुस्थितबारेमा जानकारी लिए ।