काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संबिधान संशोधन र निर्वाचन लगायतका बिषयमा छलफल गर्न सर्बदलीय बैठक बोलाएका छन । बुधबार अपरान्ह ४ बजे पछि छलफलका लागि सबैदलका शीर्ष नेताहरुलाई डाकिएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
सर्बदलीय बैठक बस्तनु अघि प्रधानमन्त्री देउवाले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । अपरान्ह ४ बजे पहिले प्रमुख तीनदलका शीर्ष नेताहरुको छलफल पछि सर्बदलीय बैठक बस्ने बताईएको छ ।
देउवाले आज संसदमा छलफल हुने संबिधान संशोधनका बिषयमा सहयोग गर्न प्रमुख प्रतिपक्षीदल नेकपा एमालेसंग आग्रह गर्ने बताईएको छ । तेस्रो चरणको निर्वाचन मिति नजिकिदै गर्दा देशमा आएको बाढी पहिरो र त्यसले पुर्याएको क्षतीका बिषयमा पनि देउवाले छलफल गर्नेछन ।
प्रधानमन्त्री देउवाले बाढी तथा पहिरो पिडितहरुका लागि सरकारले ब्यवस्था गरेको राहत बितरणको पछिल्लो अवस्था र यसका लागि तयार गर्नुपर्ने अल्पकालिन र दिर्घकालिन योजना तयारीका बिषयमा पनि बैठकमा छलफल गर्ने कार्यक्रम छ ।
उनले तीनदलको बैठकमा एमालेसंग परिस्थिति बुझेर संशोधनको पबषयमा सहयोग गर्न एमालेलाई औचारीक रुपमा आग्रहगर्ने बताईएको छ । देउवाले निर्वाचन आयोगले भदौ १ गते भित्रमा चुनाबको मिति घोषणागर्न आग्रह गरि सकेकाले यस बिषयमा पनि सबैदलको राय लिने बताईएको छ ।
निर्वाचन मिति घोषणा गर्न प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनसम्वन्धी विधेयक संसदले पास गरेको छैन भने निर्वाचन क्षेत्र निधारण आयोगको म्याद पनि १५ दिन थएिपछि उत्पन्न परिस्थितिका बिषयमा छलफल गर्न देउवाले सर्बदलीय बैठक बोलाएका हुन ।
प्रतिक्रिया