काठमाडौं । वित्तीय व्यवस्थापन हुन नसक्दा माथिल्लो त्रिशूली –३ ’ए’ को प्रसारण लाईनको काम रोकिएको छ । अन्य काम पनि उधारो भइरहेका छन् ।
बजेट अभावमा काममा सुस्तता आएको आयोजनाले जनाएको छ । जबर्जस्ती सर्वेको काम भइरहेको आयोजना प्रमुख फणीन्द्रराज जोशीले बताए । चीन सरकारको आवश्वासनले मात्रै प्रसारण लाइनबाहेक पावरहाउसको काम गरिरहेको छ ।
आयोजनाको प्रसारण लाइन, मुआव्जा, टावर खडा गर्न बजेट आवश्यक भएको र सबै काम उधारोमा भइरहेको छ । आयोजनाले सन् २०१९ अप्रिल ३० सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया