देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिरानगर महानगरका ४, ५, ६, ११, १२ वडा बढि प्रभावित

देशान्तर

काठमाडौं । विगत २ दिनदेखि परेको वर्षाका कारण विराटनगरको जनजीवन अस्तव्यस्त भएको छ । आईतवार अपरान्ह सम्म ५ वटा वडाको उद्धार कार्यसमेत प्रभाबित भएको छ ।

पछिल्लो बिवरण अनुसार विराटनगर वरिपरि मात्र करिब १ हजार पाँच सयभन्दा बढि घर डुबानमा परेका छन । प्रभावित वडामा कति घर डुवानमा छन भन्ने कुराको खोजी सम्म हुन सकेको छैन । बजार क्षेत्रमा बाढि पस्दा करौडौको खाद्यान्न नस्ट भएको अनुमान गरिएको छ भने चौपायाको अवस्था यकिन गर्न गाह्रो परेको बिराटनगर महानगरपालिकका मेयर भिम पराजुलीले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर विमानस्थल, बसपार्क, क्षेत्रीय अस्पताल, नोवेल मेडिकल कलेजलगायत विराटनगर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ११, १२ स्थित रहेका प्राय घर पूर्णरुपमा डुबानमा परेका छन् ।

घर डुबानमा परेका कतिपय परिवारहरु छिमेकको घरमा शरण लिन बाध्य छन भने अरुको उद्धार समेत हुन सकेको छैन । विराटनगरको कोशी राजमार्गस्थित मुनालपथ, भुकुटी चौक लगायतका क्षेत्र डुवानमा पर्दा सवारी अवागमन समेत ठप्प छ । विराटनगरको पश्मिमा पर्ने केशलीया र पूर्वमा रहेको सिघिंया खोलाले कटान बढाएपछि स्थानीयहरु त्रसित बनेका छन ।

विराटनगर–४ स्थित आयल निगमको क्षेत्रीय कार्यालयको कम्पाउन्ड पर्खालले भत्किएको छ । महानगरपालिकामा रहेका प्रायः सबै बस्ती र मुख्य राजमार्ग डुबानमा परेको छ । महानगरपालिकामा निमार्णधिन अवस्थामा रहेका सडक र ढल–नालाका कारण नगरका विभिन्न वस्तीहरुको घरघरमा पानी पसेको छ ।

ढल–नाला निमार्णका लागि ठूला खाल्डो खनेर त्यत्तिकै छाडिएकाले पानी जमेर थप खतरा बढेको छ । पानीको निकास स्वभाविकरुपमा हुन नपाउँदा मुख्य राजमार्गलगायत बजार क्षेत्र डुबानमा परेको बताईएको छ ।

ढलको यथोचित व्यवस्थापनको अभावमा बजार क्षेत्रका धेरै स्थान जलमग्न छन । अधिकाश भित्री सडक जलमग्न छन । विराटनगरका कतिपय ठाउँ उच्च जोखिममा रहेका क्षत्रको अनुगमन समेत हुन सकेको छैन ।

विराटनगर विमानस्थल, सुरक्षा गार्ड, ब्यारेक भवन र कार्यालयमा पानी पसेर डुबानमा परेको छ । धावनमार्ग र बिमानस्थल परिसर पुरै जलग्न अवस्थामा छ । बिमानस्थलको यात्रु कक्षमा समेत पानी पसेर जलग्न भएपछि एयरलायन्सका काउन्टरमा समेत क्षति पुगेको छ ।

विमानस्थल वरिपरि रहेको नेपाल प्रहरी र नेपाली सेनाको व्यारेक मात्र नभएर हवाई ईन्धनका लागि राखिएको आयाल निगमको डिपो समेत डुवानमा परेको छ। बाढीले गर्दा बिमानस्थलमा करोडौको क्षति पुगेको आंकलन गरिएको छ।