देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन नरोक्ने प्रधानमन्त्री र राजपाबीच सहमती,प्रमुख प्रतिपक्षी बिथोल्ने रणनितिमा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवा र राष्ट्रिय जनता पार्टीबीचमा निर्वाचन सम्पन्न गराउने बिषयमा सहमति भएको छ । प्रधानमन्त्री देउवा लामो समयदेखि संसदमा अड्किएको संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न तयार भएपछि सहमति भएको हो ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि संविधान संशोधन प्रस्ताव पास वा फेल जे भएपनि राजपा चुनावमा सहभागी हुन तयार भएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले दिएको जानकारीअनुसार मन्त्रिपरिषद्बाट अगाडि बढाउनुपर्ने विषय छिटो टुंग्याउने र संविधान संशोधनलाई अगाडि बढाउने दुई पक्षबीच सहमति भएको छ ।

संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था देखेका छौं । तर पास नभएपनि खेलमा सहभागी भइसकेपछि हार–जित स्विकार गर्न राजपा तयार रहेको भण्डारीले बताए । रापपाले संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि नभएसम्म चुनावमा नजाने अडान लिँदै आएको थियो ।

बिहीबार मात्रै सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या थपको निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेपछि खुसि भएको छ । काठमाडौं ।

एता नेकपा एमालेले भने राजपासंग भएको सहमतीको बिरोध गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा एमाले सचिव प्रदिप ज्ञावालीले प्रधानमन्त्री शेरबाहादुर देउवा र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच शुक्रवार भएको सहमती तोड्न एमालेले जुनसुकै हर्कत गर्न पछि नपर्ने बताएका छन ।

सरकारले राष्ट्रिय जनता पार्टीसँगको छलफलमा संविधान संशोधन बिधेयक निणायर्थ पेश गर्ने सहमति गरेको केहि समय पछि सचिव ज्ञावालीले यस्तो बताएका हुन ।

सचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनमा मधेसका जनतालाई आफ्नो पक्षमा पार्न रचिएको सरकारी राजनीतिक चाल संविधान संशोधन भएकाले यसलाई बिफल बनाउन एमालेले जे पनि गर्न सक्ने बताए ।